उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्ने अभियान शुरु

<span class='c1'>उराव समुदायको भाषा, साहित्य र</span> <span class='c2'>संस्कृति जगेर्ना गर्ने अभियान शुरु</span>

विराटनगर,१२ साउन । उराव समुदायको भाषा, साहित्य र संस्कृति जगेर्ना गर्न तथा युवाहरुलाइ प्रोत्साहन गर्नका लागि प्रदेश नम्बर एकका उराव युवाहरुका लागि शनिबार एक कार्यशाला आयोजना गरिएकाे छ । उराव समुदायका युवाहरुद्वारा संचालित कुडुख कथ्था नामक समुहले आयोजना गरेको उक्त कार्यशालामा उनीहरुको क्षमता अभिवृद्धि गर्ने देखि समुह निर्माणका लागि आवश्यक पर्ने सिपका बारेमा  प्रशिक्षण दिईएकाे थियाे  ।कार्यक्रममा अभियानका संस्थापक जोगेन्द्र उराव, युवा अभियन्ता विवेक दाहालले नेटवर्किगं र कम्युनिकेशन, विराटनगर बास्केट बल एकेडेमीका कोच सरोज लम्सालले खेलकुदको महत्व र युथ फर ब्लडका संस्थापक सरोज कार्कीले समुहको निर्माण र यसका प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

तालिममा ४० जना उराव समुदायका युवायुवतीको सहभागीता भएको कार्यक्रमबाट समुह निर्माण गरि उराव समुदायका भाषा, संस्कृति , भनाइ , संस्कारहरुका बारेमा खोज अनुसन्धान गर्ने विभिन्न ५ समुहको निर्माण गरि ३ साताको प्रारम्भिक कार्यको समयावधी समेत तोकिएको जोगेन्द्र उरावले जानकारी दिए । प्रदेश १को विभिन्न क्षेत्रबाट युवाहरुको सहभागीता रहेको कार्यक्रममा कार्यक्रमको संचालक र संयोजन निर्मला उरावले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्