‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराई

<span class='c1'>‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ काँकडभिट्टाका प्रहरी</span> <span class='c2'>नायव उपरीक्षक टंक प्रसाद भट्टराई</span>

बिराटनगर, १३ साउन   असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police Of the Month) ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी नायवउपरीक्षक टंक प्रसाद भट्टराईलाई घोषणा गरिएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी  “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्देशिका (शंसोधन) अनुसार प्र.ना.उ. भट्टराईलाई महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो । प्र.ना.उ. भट्टराईले सरोकारवाला निकायहरु,स्थानीय तह,संघ संस्थाहरुसंग समन्वय गर्दै सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा उल्लेखनिय कार्य गर्नुका साथै लागूऔषध, साना हात-हतियार, मानव वेचबिखन लगायतका अपराधिक क्रियाकलाप नियन्त्रण तथा सीमा नाकालाई व्यवस्थित पार्न र सवारी आवगमनलाई सहज बनाउनुका साथै सर्वसाधरणहरुलाई सुरक्षाको अनुभूती हुने गरी शान्ति सुरक्षा कायम गरी सांगठानिक मूल उदेश्य प्राप्त गर्ने कार्यमा  आफू मातहतलाई प्रभावकारीरुपमा परिचालन गरी सर्वसाधारण नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्यको मुल्याङकन र कदर गर्दै असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो । महिनाको सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कारसहित प्रदेश प्रहरीको हाताभित्र निर्माण गरिएको स्तम्भमा फोटो सहितको कार्यविवरणसहित फ्लेक्स प्रिण्ट गरी राखिदै आएको छ । “महिनाको उत्कृष्ट प्रहरी” २०७५ निर्देशिका अनुसार  मातहत तथा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय स्तरसम्म कार्यालयको मुख्य गेटमा प्रदेश प्रहरी कार्यालयबाट घोषित “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police Of the Month)  र जिल्ला प्रहरी कार्यालयबाट छानिएका “महिनाको उत्कृष्ट प्रहरी” (Police Of the Month) समेत राखिने व्यबस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्