अझै बाढीपहिरो जोखिम , सतर्कता अपनाउन चेतावनी

<span class='c1'>अझै बाढीपहिरो जोखिम ,</span> <span class='c2'>सतर्कता अपनाउन चेतावनी</span>

काठमाडौं, १३ साउन। अाइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।

शनिबार पहाडी र हिमाली क्षेत्रमा वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मध्यम खालको वर्षा हुने पूर्वानुमान छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उसले आइतबार राति देशभर वर्षाको सम्भावना रहेको बताएको छ । यस्तै, पूर्वी तराईका एक–दुई स्थानमा हावाहुरीको र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको उसले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्