३६ लाख रुपैयाँ घुससहित श्रीमान–श्रीमती पक्राउ परे

<span class='c1'>३६ लाख रुपैयाँ घुससहित</span> <span class='c2'>श्रीमान–श्रीमती पक्राउ परे</span>

-तेजेन्द्र केसी

बुटवल । भवन तथा सहरी विकास कार्यालय रुपन्देही प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई  भैरहवाबाट आज दिउँसो पक्राउ गरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा प्रमुख दिनेश आचार्यले बताए ।

३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो । बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको छ । कुन सडकको रकम भने आचार्यले स्पष्ट खुलाएन् । प्रमुख आचार्यले भने, ‘घुसको रमक लिएर श्रीमती घर जाँदै गरेको सूचनाको आधारमा श्रीमान–श्रीमतीलाई प्रकाउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान हुँदैछ ।’

अख्तियार बुटवलको समन्वयमा श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा उनी बाटैबाट पक्राउ परेकी हुन् ।

सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन् । अख्तियार बुटवलको टोलीले आजै बिहान गुल्मीको तम्घासबाट सब इन्जिनियर प्रकाश झालाई पनि प्रकाउ गरेको छ ।

अख्तियारको बुटवलस्थित कार्यालयले टोली  सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई एक लाख रुपैयाँ घुससहित तम्घासबाट प्रकाउ गरिएको प्रमुख आचार्यले बताए ।

प्रकाउ परेका सबै तीनै जना अख्तियारको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्