मन्त्रीहरुको कार्यक्षमता अनुसार मन्त्रीहरुको वर्गीकरण (यस्तो छ विवरण)

<span class='c1'>मन्त्रीहरुको कार्यक्षमता अनुसार मन्त्रीहरुको</span> <span class='c2'>वर्गीकरण (यस्तो छ विवरण)</span>

काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता अनुसार मन्त्रीहरुको वर्गीकरण गरेको छ ।

मन्त्रीहरुले गरेको कामको प्रगति विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरियो, पहेँलो र रातो श्रेणीमा मन्त्रीहरुको वर्गीकरण गरेको हो । सबैभन्दा कमजोर कार्यक्षमता भएकालाई रातो, ठीकै भएकालाई पहेँलो र चित्तबुझ्दो भएकालाई हरियो श्रेणीमा वर्गीकरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ रातो श्रेणीमा परेका छन् ।

सिन्डिकेट अन्त्य गर्न नसकेको भन्दै महासेठलाई रातो श्रेणीमा राखिएको छ । यस्तै, कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको भन्दै लालबाबु पण्डितलाई पनि रातो श्रेणीमा राखिएको छ । यस्तै, सन्तोषजनक काम गरेका मन्त्रीलाई पहेँलो श्रेणीमा राखिएको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, वन मन्त्री शक्ति बस्नेत, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगर र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि पहेँलो श्रेणीमा राखिएको छ ।

त्यसैगरि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा समेत पहेँलो श्रेणीमा परेका छन् । उता, गृह मन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई हरियो श्रेणीमा राखिएको छ ।

मन्त्रालयले गरेको प्रगति,मन्त्री र सचिवले मन्त्रालयमा दिएको समय र कार्यप्रगति , मन्त्रीको स्वकीय सचिवालयको भूमिका र सचिवालयका बारेमा आएका गुनासालाई आधार मानेर मन्त्रीको वर्गीकरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्