सिरहाको गोलबजार नगरपालिकाको आय-व्यय विवरण सार्वजनिक गर्न माग

<span class='c1'>सिरहाको गोलबजार नगरपालिकाको आय-व्यय</span> <span class='c2'>विवरण सार्वजनिक गर्न माग</span>

लहान साउन १३ । स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सामूहिक निवेदनमार्फत् तत्काल बिल भरपाई उपलब्ध गराउन माग गरेका हुन् ।

उनीहरूले विकास, निर्माण र लक्षित कार्यक्रममा आफ्ना नातेदारलाई प्रयोग गरी बिल भरपाई बनाएको आरोप लगाएका थिए ।
संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक, देजमो नेपालका प्रतिनिधिले नगरप्रमुख साहलाई बुझाएको निवेदनपत्रमा नगरपालिकाबाट आव ०७४/७५ मा सम्पन्न भएका सम्पूर्ण आयव्यय विवरण तथा आव ०७५/७६ को लागि छनौट गरिएका योजनासंग सम्बन्धित सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्