सुनसरीमा ​किशोरीलाई बन्धक बनाउने एक महिला पक्राउ

सुनसरीमा ​किशोरीलाई बन्धक बनाउने एक महिला पक्राउ

इटहरी साउन १३ । आँखामा पट्टी बाधी किशोरीलाई बन्धक बनाएको आरोपमा १ जनालाई पक्राउ गरीएको छ । केरावारी गा.पा.–७ की गिता बिसुङ्खेले आफु अपहरणमा परेको भनि उजुरी दिएकी थिइन् ।

आफूलाई सुनसरी पकली १८ नँयाटोल बस्ने कुल बहादुर धिमाल र सोही स्थानकी पुजा श्रेष्ठले अपहरण गरेको उनले बताएकी थिईन् ।

गिताले आफुलाई मारूती भ्यानमा राखेर लगाएको कपडा समेत काटी दिएको बताइन् । उनीलाई आखामा पट्टी बाधेर पुजा श्रेष्ठको घरको ट्वाईलेटमा रातभरी थुनीर बन्धक बनाईएको थियो ।

भोलीपल्ट बिहान गाडीमै राखेर गीताको घर नजिक पुर्याई छाडीदिएको थियो । गीताले ईलाका प्रहरी कार्यालय पकलीमा जानकारी दिएलगतै प्रहरी टोलीले  पुजा श्रेष्ठलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्