मोरङको कटहरीका बाढी पिडीतको रकम एक हप्ता सम्म उपलब्ध नगराए कडा आन्दोलन गर्ने

<span class='c1'>मोरङको कटहरीका बाढी पिडीतको रकम एक हप्ता</span> <span class='c2'>सम्म उपलब्ध नगराए कडा आन्दोलन गर्ने</span>

विराटनगर १३ साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितको रकम उपलब्ध नगराएको भन्दै आज पनि कटहरी गांउपालीका विरुद्ध विरोध जनाएका छन् ।
गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भए पछि बाढी पिडीतहरुले एकसाता देखि आन्दोलन तथा विरोध गर्दै आएका छन् ।
कटहरी गाउपालीकाका बाढी पिडीतले आज गँउपालीकाका मेयर राम कुमार कामतलाई भेटेर एक हप्ते अल्टिेमट दिएका छन् ।
१ हजार ५ सय १७ घर परिवार पुर्णरुपमा बाढी पिडीत भएका थिए । २५ हजारको दरले उनीहरुलाई रकम उपलब्ध गराउनु पर्ने भएका पनि आज सम्म कसैलाई नदिएका कारण रकम फ्रिज भईसकेको छ ।

समयमा वितरण गर्न नसक्दा बाढीपीडित राहतको रुपमा आएको करोडौ रकम फिर्ता भएपछि एक हप्ताभित्र बाढी पिडीतको रकम उपलब्ध गराउन माग गर्दै बाढी पिडीतले चेतवनी दिईएका छन् । यदि एक हप्ता भित्र बाढी पिडीतको रकम नआए जस्तो सुकै आन्दोलन गर्ने स्थानिय एक नेता ताजिम अन्सारीले जानकारी दिए ।
कटहरी गाउपालिकाको बाढीपीडितका लागि ३ करोड ८९ लाख २५ हजार रकम आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्