पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान सफल

<span class='c1'>पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ</span> <span class='c2'>परीक्षण उडान सफल</span>

साहसिक पर्यटनको विकास गर्ने लक्ष्यसहित पाँचथरमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको छ।

शनिबार सिक्किमको ओहो एड्भेन्चर कम्पनीमा कार्यरत पाँचथर फालेलुङ २ का  केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सीमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र दोस्रो पटक फिदिम ३ को रमितेडाँडादेखि फिदिम बजारसम्म उडान भरेका हुन्।

उनले पहिलो चरणमा ८ मिनेटमा छोटो दूरीको र दोस्रो चरणमा १७ मिनेट लामो परीक्षण उडान गरेका थिए। उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न सकिने सम्भावना रहेको अधिकारीको भनाइ छ । जमिनदेखि ४ सय ५० फिट उचाइसम्म उडान भरिएको पनि अधिकारीले जानकारी दिए।

फिदिमका केही उत्साहित युवाहरूको नेतृत्वमा परीक्षण उडान गरिएको हो।  फिदिमका स्थानीय व्यवसायीहरू गणेश काफ्ले, दिलिप अपधकारी र रमेश खत्रीको अग्रसरतामा परीक्षण उडान गरिएको हो।

शुक्रबार पनि परीक्षण उडानका लागि लब्रेकुटी, सिलौटी, रमिते लगायत विभिन्न ठाउँमा सम्भाव्यताको खोजी गरिएको थियो।

परीक्षण उडान सफल भए अनुमति लिएर व्यावसायिक रूपमै प्याराग्लाइडिङ व्यवसाय अघि बढाउने योजना रहेका अभियानमा संलग्न व्यवसायी गणेश काफ्लेको भनाइ छ।

उता  जिल्ला प्रशासन कार्यालय पाँचथरले भने अनुमति नलिइ परीक्षण उडान गरेको भन्दै प्याराग्लाइडिङ पाइलटसहित युवा व्यवसायीहरूलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा झिकाएको छ। फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा प्याराग्लाइडिङ अवतरण गर्नासाथ पुगेको प्रहरी टोलीले पाइलट अधिकारीलाई नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीमा पुगेका अभियानमा संलग्न व्यवसायीसहित प्याराग्लाइडिङका पाइलट अधिकारीलाई  स्थानीय समाजसेवी र व्यवसायीको रोहवरमा छाडिएको छ।

युवा व्यवसायीहरूले भने प्रमुख जिल्ला अधिकारी र फिदिम नगरपालिकाका मेयरलाई जानकारी गराएरै परीक्षण गरिएको भन्दै प्रशासनले अनावश्यक झमेला दिन खोजेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्