नेपाली काँग्रेसद्वारा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग

<span class='c1'>नेपाली काँग्रेसद्वारा मेडिकल व्यवसायी</span> <span class='c2'>दुर्गा प्रसाईलाई कारबाहीको माग</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलेसंसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा कारवाहीको माग गर्दै प्रस्ताव दर्ता गराइएको हो ।

प्रतावमा प्रसाईले सार्वजनिक संचार माध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा अध्ययनरत छात्रामाथि गलत लान्छना लगाएर चरित्र हत्या गरेको र कानून्को उल्लंघन गरेको उल्लेख गरिएको छ । साथै, नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कुटनीतिक सम्बन्धमा समेत ठूलो आँच पुर्याएको प्रस्तावमा उल्लेख गरिएको छ । आज दर्ता गरिएको प्रस्ताव अर्को बैठकमा संसदमा पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्