नेपाल इग्ल्याण्डको एमसीसी सँग ९ विकेटले विजयी

 नेपाल इग्ल्याण्डको एमसीसी सँग ९ विकेटले विजयी

लन्डन– नेपाल इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण अभ्यास खेलमा ९ विकेटले विजयी भएको छ । लन्डनस्थित लड्र्स मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको हो । 

पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ४० रनको स्कोर बनाएको थियो । एमसीसीले दिएको ४१ रनको लक्ष्य नेपालले ८ वल बाँकी छँदै १ विकेट गुमाएर पूरा गर्यो ।  सुवास खकुरेलले सर्वाधि १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले नटआउट १२ रन बनाए । अनिल कुमार साह भने ९ रन बनाएर क्याच आउट भए ।

टी(२० ट्राई सिरिजका लागि लन्डन भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आजै केही वेरपछि नेदरल्याण्डसँग खेल्दै छ । नेदरल्याण्ड्स र नेपालबीचको म्याच २० ओभरको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्