पाँचथरमा प्याराग्लाइडिङको परिक्षण उडान सफल, प्रशासनको अपती

<span class='c1'>पाँचथरमा प्याराग्लाइडिङको परिक्षण उडान</span> <span class='c2'>सफल, प्रशासनको अपती</span>

पाँचथर, १४ साउन ।
पाँचथर सदरमुकाम फिदिम क्षेत्रमा प्याराग्लाइडिङको परिक्षण उडान सफल भएको छ । सिक्किमको ओएड्भान्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले पहिलो पटक फिदिम ३ र ५ को सिमानामा पर्ने लव्रेकुटीदेखि लालीखर्क सिरानको टारीचौर र दोस्रो पटक फिदिम ३ को रमितेडाँडादेखि फिदिमबजारसम्म उडान गरेका हुन् । उनले पहिलो चरणमा ८ मिनेटमा छोटो दुरीको र दोस्रो चरणमा १७ मिनेट लामो परिक्षण उडान गरे । उत्तरी मोहडामा फर्केको जमिन र सन्तुलित हावा चल्ने क्षेत्र रहेकाले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न सकिने सम्भावना रहेको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय पाँचथरले भने अनुमति नलिइ परिक्षण उडान गरेको भन्दै प्याराग्लाइडिङ पाइलट सहित युवा व्यवसायीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा झिकाएको छ । युवा व्यवसायीहरुले भने प्रमुख जिल्ला अधिकारी र फिदिम नगरपालिकाका मेयरलाई जानकारी गराएरै परिक्षण गरिएको भन्दै प्रशासनले अनावश्यक झमेला दिन खोजेको दावी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्