काठमाडौं, १४ साउन । केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियान अन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले दुई वर्षदेखि एनालग केबललाई बन्द गर्ने अभियान सुरु गरेको थियो । एनालग प्रविधिमा सञ्चालिन केबलहरुले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरुसँग सम्झौता गरी स्थानीय वितरक बन्नुपर्ने हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।