काभ्रेमा बलात्कारपछि बालिकाको हत्या, रोकिएनन् बलात्कारका घटना

<span class='c1'>काभ्रेमा  बलात्कारपछि बालिकाको हत्या,</span> <span class='c2'> रोकिएनन् बलात्कारका घटना</span>

काभ्रे,१४साउन । कञ्चनपुरको भीदत्तनगरपालिकाकी १३ वर्षीया बालिकाको घटनाले चौतर्फि तरंग फैलाइ रहेका बेला काभ्रेमा पनि एक दुखत घटना बाहिर आएको छ ।

सभामुख कृष्णबहादुर महराले भीमदत्तनगरपालिकाकी बालिका निर्मला पन्तमाथि बलात्कार पछि हत्या भएको घटनाको वास्तविक जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेकै दिन काभ्रेमा पनि बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको हो । कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए ।

उता काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ ।

फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए । बारा बारागढी गाउँपालिका ६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्