रुपन्देही, १४ साउन । चट्याङ लागेर बालिकाका ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार तिलोत्तमा नगरपालिका १० बेहोराकी १२ वर्षीय दीपिका ज्ञवालीको चट्याङ लागेर आइतबार साँझ ज्यान गएको हो ।आमासँग खेतमा घास लिन गएका बेला दिपिकालाई चट्याङ लागेको थियो । उनको उपचार गराउन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।