हुम्लाको यस्तो बिद्यालय जहाँ शिक्षकको हाजिरी गर्छन विद्यार्थी

<span class='c1'>हुम्लाको यस्तो बिद्यालय जहाँ शिक्षकको</span> <span class='c2'>हाजिरी गर्छन  विद्यार्थी</span>

सिमकोट, साउन १४ गते । सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर यहाँको एक विद्यालयका विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने, कक्षामा शिक्षकको उपस्थितिदेखि अन्य गतिविधिको फाराम भर्ने गरेका छन् । शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको पनि विद्यार्थीबाटै मूल्याङ्कन गर्ने यस्तो गरिएको हो ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको मान्धारा माविमा प्रत्येक दिन प्रत्येक कक्षाकोठामा पठनपाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थीले गर्ने गरेको कक्षा नौकी छात्रा उषा शाहीले बताउनुुभयो । विद्यालयको नियमअनुसार प्रत्येक कक्षामा प्रत्येक शिक्षकको यसरी हाजिरी र अन्य पक्षको मूल्याङ्कन गर्दा शैक्षिक सुधारमा टेवा पुगेको उहाँले बताउनुुभयो ।

यो सफल हुँदैन कि भनेर चिन्ता लाग्दालाग्दै प्रयोगमा ल्याइएको भए पनि अहिले सफल देखिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनुुभयो । यसबाट शिक्षक पनि समयमा कक्षाकोठामा उपस्थिति हुने र निर्धारित समयसम्म कक्षामा बस्ने वातावरण तयार भएको उहाँले बताउनुुभयो । प्रत्येक कक्षामा हाजिरी रजिष्टर तथा अर्को फाराम उपलब्ध गराइएको र त्यसमा विद्यार्थीले शिक्षकको पहिलो काम हाजिरी लगाउने र त्यसपछि कक्षामा कति समयसम्म उपस्थिति हुने गरेको, कुन पाठको कति नम्बर पृष्ठबाट पठनपाठन भएको र अन्त्यमा गएको समयसमेतको रेकर्ड राख्ने गरेको प्रअ शाहीले बताउनुुभयो ।
विद्यार्थीबाटै निगरानी हुँदा शिक्षक चनाखो हुने गरेको र शिक्षकको कक्षामा उपस्थिति पनि बाक्लो हुन थालेको विद्यालयले जनाएको छ । कक्षामा विद्यार्थीको मात्र कमजोरी नभएर शिक्षकबाट हुनसक्ने भएकाले यसो गरिएको विद्यालयले जनाएको छ । कक्षामा कुन शिक्षकको अवस्था कस्तो छ, विद्यार्थीबाट गरिएको अनुगमनलाई मासिक रूपमा बस्ने शिक्षकको स्टाप बैठकमा पेस गर्ने गरिएको प्रअ शाहीले बताउनुुभयो । ठूलो समस्या आए विद्यालय व्यवस्थापन समितिको बैठकमा निर्णय लिने भए पनि हालसम्म त्यस्तो नभएको विद्यालयले जनाएको छ ।(गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्