इटहरीको तालतलैयामा जेटबोट सञ्चालन सुरु

<span class='c1'>इटहरीको तालतलैयामा जेटबोट</span> <span class='c2'>सञ्चालन सुरु</span>

इटहरी साउन १४ । इटहरी उपमहानगरपालिकाभित्रको तालतलैया क्षेत्रमा रहेको ठूलो पोखरीमा जेटबोट सञ्चालन गरिएको छ ।

पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा एक पटकमा १० जना सवार हुन मिल्ने मोटरबाेट सञ्चालनमा ल्याइएको हो ।

तालतलैया संरक्षण तथा विकास समितिले ८ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याईएको समितिले जनाएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मोटरबोट सेवाको उद्घाट्न गर्दै पर्यटकीय स्थल तालतलैया क्षेत्रलाई विश्वकै एक नमुना पर्यटकीय स्थलको रुपमा विकास गरिने बताउनु भयो ।

स्थानीय तह र प्रदेश सरकारले मात्र तालतलैयालाई लक्ष्य अनुसार विकास गर्न नसकिने भन्दै मुख्यमन्त्री राईले तालतलैयाको विकासका लागि निजी क्षेत्रलाई पनि सहभागी गराईने बताउनुभयो । तालतालैया क्षेत्र केही वर्षदेखि पुर्वी नेपालका साथै भारतीय क्षेत्रबाट आउने पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको छ (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्