आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक , बुधबारदेखि अनलाइन भोटिङ सुरु

<span class='c1'>आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक</span> <span class='c2'>, बुधबारदेखि अनलाइन भोटिङ सुरु</span>

काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए । तेस्रो चरणको छनोटका रूपमा साउन ५ गते प्रतिस्पर्धीहरुको प्रिजेन्टेसन तथा स्पिड डेटिब सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिबबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिब सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिब र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । भदौ १ गते होटल ¥याडिसनमा हुने विशेष कार्यक्रममाविभिन्न ७ विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सिइयो सुशील पोखरेलले जानकारी दिए । यो अवार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरुका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए । अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

कसरी गर्ने अनलाइन र एसएमएस भोटिङ ?

 

उत्कृष्ट ५ मा परेका स्टार्टअप कम्पनी तथा प्रडक्टहरुका लागि जोकोहीले अनलाइन तथा एसएमएसमार्फत भोट गर्न सक्नेछन् । अनलाइनबाट भोटिङ गर्नका लागि www.ictaward.org/vote df uP/@वेबसाइटमा गएर मन परेको कम्पनी वा प्रडक्टलाई भोट गर्न सकिनेछ ।यसैगरी एसएमएस भोटिङका लागि मोवाइलमा ICT<Company/ProductCode>. टाइप गरि कम्पनी तथा प्रडक्टको कोड राखेर ३३००१ मा एसएमएस पठाएर भोट गर्न सकिनेछ । भोटिब साउन १८ अर्थात ३ अगस्टसम्म खुला रहनेछ । भोटिङको विस्तृत जानकारी वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध छ ।

अन्य पाँच विधाको छनोट प्रक्रिया जारी आइसिटी अवार्ड २०१८ को संस्करणमा जम्मा ७ विधामा अवार्ड हुनेछ । स्टार्टअप र प्रडक्ट अवार्डबाहेक अन्य विधामा सर्वोत्कृष्ट छनोटको काम भइरहेको आयोजकले जनाएको छ ।पायोनियर, डायस्पोरा, आन्टरप्रेनर्स, डिजिटल गर्भनेन्स र मिडिया अवार्डमा जुरी समुहले प्राप्त नोमिनेशनहरुको बारेमा अध्ययनको काम भइरहेको जुरी समुहले जानकारी दिएको छ ।

अवार्डको अन्य ५ विधामा ६० भन्दा बढीको नोमिनेसन प्राप्त भएको छ । यसैगरी यी अवार्डहरुमा जुरी तथा सल्लाहकारले थप नोमिनेसन दिन पाउनेछन् । सबै विधाका सर्वोत्कृष्टलाई भदौ १ गते र्याडिसन होटमा हुने भव्य कार्यक्रमबीच सम्मान गरिने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम राष्ट्रिय टेलिभिजन, विभिन्न एप तथा अनलाइनहरुमा प्रत्यक्ष प्रसारण पनि हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्