सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर , २२१ जनाले स्वास्थ्य जाँच गराए

<span class='c1'>सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर ,</span> <span class='c2'>२२१ जनाले स्वास्थ्य जाँच गराए</span>

लहान, साउन १४ गते । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले जानकारी दिनुभयो ।

शिविरको पूर्वसांसद डा सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो ।

शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरेका थिए । यस्तै मैनाकडेरीमै विपद् व्यवस्थापनसम्बन्धी सहभागीतामूलक संकटा बिमुखता विश्लेषण तीन दिने तालीम पनि सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्