यसरी पाए पाँचथरमा २७ वटा गाईले सुत्केरी भत्ता

<span class='c1'>यसरी पाए पाँचथरमा २७</span> <span class='c2'>वटा गाईले सुत्केरी भत्ता</span>

पाँचथर, १४ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता दिइएको छ । यस वडामा यसअघि रोजगार सिर्जना तथा मूल्य शृङ्खला विकास परियोजनामार्फत गाईहरुलाई पशु बीमा गरिएको परियोजना अधिकृत विचारसिं लावतीले वताए । गाई सुत्केरी भएपछि तीन महिनासम्मकालाई भत्ता दिइएको छ । गाई पालनमा लागेका कृषकलाई हौसला प्रदान गर्नुका साथै  गाई सुत्केरी हुँदा स्याहार गर्न थप सहयोग पुगोस् भन्ने उदेश्यले सुत्केरी भत्ता दिन थालिएको वडाध्यक्ष बहादुरसिं नेम्बाङले बताए ।  यो कार्यलाई आउँदो वर्षमा पनि निरन्तरता दिँदै जाने उहाँको भनाई रहेको छ । यस वडामा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ वटा र घुम्ती कोषबाट १० वटा गरी ६४ वटा उन्नत जातको गाई पालन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्