महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाममा तोडफोड

<span class='c1'>महेन्द्ररत्न बहुमुखी क्याम्पस</span> <span class='c2'>ईलाममा तोडफोड</span>

ईलाम, १५ साउन । नेपाल विद्यार्थी संघ इलामले महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तोड्फोड र आगजनी गरेका छन । आफ्ना कार्यकर्तामाथि क्याम्पस हाता भित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेवल जलाएको हो । छात्रावासमा सुतिरहेको अवस्थामा नेविसंघका भोजराज जोशीमाथि सांघातिक आक्रमण भएको नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । विद्यार्थीलाई क्याम्पस हाता भित्रै आक्रमण गर्दा पनि क्याम्पस प्रशासन मौन रहेको र पटकपटक जानकारी गराउँदा पनि क्याम्पस प्रमुख क्याम्पसमा नआएपछि कुर्सी जलाइएको अध्यक्ष भट्टराईले बताए । जोशीलाई दर्शन राई र सुशिल वानियाँले क्याम्पसको होस्टलमा नै पसेर आक्रमण गरेको नेविसंघले दावी गरेको छ । तर क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँले भने उनीहरुबीच क्याम्पसको विषयमा झगडा नभएको वताएका छन् । उनले घटनाका विषयमा आफुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्