राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
(मेरो स्टडी)