ईटहरीमा कराते ट्रेनिङ्ग हल शुरु

ईटहरीमा कराते ट्रेनिङ्ग हल शुरु

ईटहरी, १६ साउन ।
सुनसरीको इटहरी रंगशाला परिसरमा निर्माण भएकोे कराते ट्रेनिङ्ग हलको शुभारम्भ गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले संयुक्त रुपमा हलको उद्घाटन गरेका हुन ।
इटहरीलाई प्रदेश एककै खेलकुद शहरका रुपमा विकास गर्ने उद्देश्यले विभिन्न खेलका प्रशिक्षण भवनहरु पनि निर्माण भइरहका छन् । परिषदले ४१ लाख रुपैयाँको लागतमा टे«निङ हल निर्माण गरेको हो । रगंरोगन र भुँइ ढलाई गर्न बाँकी छ । प्रशिक्षण भवनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको कराते खेलका तालिमहरु सञ्चालन गर्न सकिने कराते इटहरी नगर कमिटीका अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्