नेपालले इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दै,

नेपालले इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दै,

काठमाडौँ,१६ साउन ।  नेपालले बुधबार इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दैछ ।  नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै नेपालले  एक दिवसीय मान्यता पाएको थियाे ।

नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् । युरोप भ्रमणमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपाली टोलीबाट एक दिवसीय खेल खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए ।

नेपालले पहिलो एक दिवसीय खेल खेल्न लागेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी छ । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो ।  यसअघि उक्त भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड र स्कटल्याण्डबीच टी–२० खेल भएको उक्त खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्