आज आउने भनेको कक्षा १२ को नतिजा भोलि मात्रै आउने

<span class='c1'>आज आउने भनेको कक्षा १२</span> <span class='c2'>को नतिजा भोलि मात्रै आउने</span>

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलमात्रै सार्वजनिक गर्ने जनाएको छ ।

आज बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ( अक्षराङ्कन) सिस्टममा प्रकाशित गर्न लागेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मंगलबारै नतिजा प्रकाशन गर्ने गरी तयारी गरे पनि केही प्राविधिक समस्याका कारण भोलि बिहीबार मात्रै सार्वजनिक गर्न सकिने बताए ।  गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको जे विषयमा जस्तो स्तर छ सोही अनुसार ग्रेड प्रदान गर्ने भनेर कक्षा १२ को नतिजा ग्रेडिङ सिस्टमअनुसार ल्याउन लागिएको जानकारी दिए । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिने हो । यस अघि पहिलो चरणमा विज्ञान संकायको मात्र नतिजा सार्वजनिक गर्ने गरिएकोमा यसवर्षदेखि सबै संकायको नतिजा एकैचोटि सार्वजनिक गरिएने तयारी बोर्डको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्