सुन समितिले काम सक्यो, प्रधानमन्त्री ओलीलाइ ७५२ पेजको प्रतिवेदन

<span class='c1'>सुन समितिले  काम सक्यो,</span> <span class='c2'>प्रधानमन्त्री ओलीलाइ ७५२ पेजको प्रतिवेदन</span>

काठमाडौं,१६ साउन ।  गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको तस्करीको साढे ३३ किलो सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले बुधवार साँझ प्रधानमन्त्री अाेलीलार्इ प्रतिवेदन बुझाएकाे हाे ।

७५२ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा २९३ जनामाथि अनुसन्धान गरेको विषय उल्लेख गरिएको छ । प्रतिवेदनमा घटनाको प्रारम्भदेखि अनुसन्धानका प्रक्रिया, अनुसन्धान विधि, फेला परेका तथ्यलगायत विषय पनि उल्लेख गरिएको छ ।  प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सुन तस्करी प्रकरणको छानबिनले संगठीत अपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै छानबिन समितिको प्रसंशा गरे । साथै सुन तस्करीसम्बन्धमा थप अनुसन्धान पनि निरन्तर रहने प्रधानमन्त्री ओलीको भनाइ थियो । तस्करीको साढे ३३ किलो सुन हराएपछि मोरङका सनम शाक्यको धरानमा हत्या भएको थियो । चैत २० गतेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्