मोरङमा बेग्लाबेग्लै चार दुर्घटनामा चार जना घाइते 

मोरङमा बेग्लाबेग्लै चार दुर्घटनामा चार जना घाइते 

मोरङ, साउन १७।

मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन।

मोरङ जिल्लाको सुन्दर-हरैचा नगरपालिका १२ स्थित शुक्रबारे-बेलेपुर भित्रि सडक खण्डमा बुधबार बिहान १०:३० बजे को २२ प ७५०८ नम्बरको स्कुटर र को ४ प ६८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन।

घाइतेहरुमा मोटरसाइकल चालक सुन्दर-हरैचा नगरपालिका १२ बस्ने वर्ष २९ को जलेश्वर मण्डल, मोटरसाइकल पछाडी सवार वर्ष ६० की खिला देवी उराव र स्कुटर चालक सुन्दर-हरैचा नगरपालिका १२ बस्ने वर्ष ४२ की चन्द्रावती श्रेष्ठ रहेका छन।

घाइते तीनै जनाको सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल र स्कुटर प्रहरी चौकी विराटचौकमा राखिएको छ।

यसैगरी रतुवामाई नगरपालिका ४ आमबाडी स्थित विराटनगर-रंगेली सडक खण्डमा दिउँसो १२:१० बजे को २९ प ६७२ र को २४ प २८६२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन।

घाइते हुनेमा मोरङ कटहरी गाउँपालिका ४ बस्ने वर्ष ३० को राजेश राई र सुनवर्षी नगरपालिका ४ बस्ने वर्ष ५० को बद्री बहरदार रहेका छन।

घाइते दुबै जनाको विराटनगर स्थित विराट अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनामा संलग्न दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय सिजुवामा रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्