बङ्लादेशको सडकमा सहपाठीको मृत्यु भएको विरोधमा विद्यार्थीको आन्दोलन

<span class='c1'>बङ्लादेशको सडकमा सहपाठीको मृत्यु</span> <span class='c2'>भएको विरोधमा विद्यार्थीको आन्दोलन</span>

ढाका  । बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् ।

आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ ।

अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् ।

आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् ।

“हामी न्याय चाहन्छौँ,” जस्ता नारा लगाउँदै विद्यार्थीहरूले मुख्य मुख्य सडकमा प्रदर्शन गरेको स्थानीय टेलिभिजनहरूले देखाएका छन् ।

राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा बसले ठक्कर दिएर दुई जनाको मृत्यु भएको थियो ।

घटनामा परी अरू नौ जना घाइते भएको समाचारमा जनाइएको छ । घाइते भएका सबै शहिद रामिज उद्धिन क्यान्टोनमेन्ट कलेजका विद्यार्थी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्