झापाको लखनपुरमा निर्माणाधिन रंगशाला विवादमा

झापाको लखनपुरमा निर्माणाधिन रंगशाला विवादमा

झापा, १८ साउन ।
झापाको लखनपुरमा निर्माणाधिन १ नम्वर प्रदेशकै महत्वपूर्ण रङ्गशाला विवादमा परेको छ । सरकारले ३ वर्ष अघिको बजेट भाषणमार्फत कमल गाउँपालिका ५ लखनपुरमा निर्माणाधिन ‘आदिवासी रङ्गशाला तथा स्मृति पार्क’को नाम फेरेर ‘मदन भण्डारी रंगशाला’का रुपमा अगाडि बढाउने घोषणा गरेपछि विवाद बढेको हो ।
संघीय सरकारले सो रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालाको स्वरुप दिने उद्घोष गर्दै आर्थिक वर्ष ०७५÷७६ का लागि २ करोड रुपैयाँ छुट्याए पछि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले नामकै विषयमा थप विरोध गरेको छ ।
यसअघिदेखि नै आदिवासी जनजातिहरुको दाहसंस्कारस्थलका ७ सय ४५ वटा पक्की चिहानलाई हटाएर मृतकको नाममा स्मृति पार्क बनाउने र वाँकी ठाउँमा रङ्गशाला बनाउने सहमति भएपछि पक्की चिहान हटाइएको थियो । त्यसपछि आदिवासी जनजातिका अगुवा नित्यानन्द ताजपुरिया अध्यक्ष रहेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान गठन भइ काम अगाडि बढेको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए । समाधिस्थल रहेको २९ विगाहा क्षेत्रमा पर्ने त्यहाँ रहेका ७ सय ४५ वटा समाधिस्थलको स्मृतिमा पार्क बनाइने भएपछि स्थानीयले समाधिस्थल हटाएर रंगशाला निर्माण गर्न सहमति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्