लेटाङमा पिकअप दुर्घटनामा २ जनाको मृत्यु, ११ घाइते 

<span class='c1'>लेटाङमा पिकअप दुर्घटनामा २</span> <span class='c2'>जनाको मृत्यु, ११ घाइते </span>

मोरङ, साउन १९गते।

मोरङ जिल्लाको लेटाङ् नगरपालिका १ स्थित कुईकुण्डा भन्ने स्थानमा शुक्रबार विहान १०:३० बजे यात्रुवाहक पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलै मृत्यु भएको छ भने ११ जान घाइते भएका छन।

मोरङको सिंहदेवीबाट लेटाङ बजारतर्फ आउदै गरेको मे १ ज १११५ नम्बरको पिकअप आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिल्ला धनकुटा चौबिसे गाउँपालिका ८ आईतबारे बस्ने वर्ष ५० की चन्द्रमाया लिम्बु र भारत आसाम बस्ने वर्ष २१ को तपन ठकुरीको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन।

घाइतेहरुमा पिकअप चालक मोरङ्ग लेटाङ्ग नगरपालिका बस्ने वर्ष २१ को बिश्व तामाङ्ग, यात्रीहरु मोरङ्ग जिल्ला केराबारी गाउँपालिका २ सिंहदेवी बस्ने वर्ष २१ की गंगा लिम्बु, सोही स्थान बस्ने वर्ष ७९ को गणेश युवा लिम्बु, वर्ष १९ की ममता राई, धनकुटा जिल्ला चौविसे गाउँपालिका ८ बस्ने वर्ष १३ को दिवश राई, वर्ष ४० की मनमाया लिम्बु, केराबारी गाउँपालिका २ बस्ने वर्ष ७० की सुनमाया राई, केराबारी-२ सिहंदेवी बस्ने ६५ की बुद्धमाया लिम्बु, सोही स्थान बस्ने वर्ष २७ की शान्ता लिम्बु, वर्ष १८ को बिवेक मगर र अन्दाजी वर्ष ७० की नाम नखुलेकी महिला रहेकी छन।

घटनास्थलमा इलाका प्रहरी कार्यालयल लेटाङबाट खटिएको प्रहरी टोलीद्वारा घाइतेहरुलाई उपचारका लागि लेटाङ अस्पताल पुर्याएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्