उर्लाबारीमा दिउँसै जुवा तास खेल्ने चार जुवाडे पक्राउ परे

<span class='c1'>उर्लाबारीमा दिउँसै जुवा तास</span> <span class='c2'>खेल्ने चार जुवाडे पक्राउ परे</span>

मोरङ, साउन १९ गते।

ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मोरङ उर्लाबारी नगरपालिका ३ स्थित प्रेम कुमार राईको घरबाट चार जना जुवाडेलाई १ लाख १५ हजार ४ सय ३५ रुपैया र पाँच बुङ तास सहित शुक्रबार नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिईएका व्यक्तिहरुमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने बर्ष ४० को दिनेश थापा, सोही स्थान बस्ने वर्ष २८ को नैन राई, वर्ष २७ को बिशाल तुम्रुक लिम्बु र उर्लाबारी नगरपालिका २ बस्ने वर्ष ३७ को जित बहादुर पुरी रहेका छन।

राईको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा उक्त कार्यालयबाट खटि गएका प्रहरीको टोलीले शुक्रबार दिउँसो ३ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरुमा पाच बुक तास समेत बरामद गरी थप अनुसन्धान भईरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्