तेह्रथुममा मालपोतका नासु घुस सहित पक्राउ

तेह्रथुममा मालपोतका नासु घुस सहित पक्राउ

तेह्रथुम, १९ साउन ।
तेह्रथुमको इलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायब सुब्बा शंकरप्रसाद दाहाललाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राँहीसँग २५ हजार घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टेलीले प्रकाउ गरेको हो । अख्तियार इटहरीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्