३२ हजार कर्मचारी हटाउँदै सरकार !!

<span class='c1'>३२ हजार कर्मचारी</span> <span class='c2'>हटाउँदै सरकार !!</span>

काठमाडौं । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ ।

सरकारले संचालन गर्ने आयोजनाहरु प्रदेश तथा स्थानीय सरकारमा रुपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरु कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

अखिल नेपाल सरकारी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संगठनले ३२ हजार कर्मचारी सरकारले नाटकीय ढंगबाट हटाउन लागेको भन्दै आन्दोलन सुरु गरेको छ ।

केन्द्र सरकारले संचालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले संचालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन । -राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्