जाँड रक्सी खाएर भ्यान चलाउँदा दुईजनाको मृत्यु

<span class='c1'>जाँड रक्सी खाएर भ्यान</span> <span class='c2'>चलाउँदा दुईजनाको मृत्यु</span>

काठमाडौं, २१ साउन । जाँड रक्सी खाएर भ्यान चलाउँदा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।  गएराति २ बजेतिर काठमाडौंको महाराजगञ्जमा दुर्घटना हुँदा भंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको ज्यान गएको हो । बा १९ च ६५ १५ नम्बर भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण  अस्पतालमा उपचारमा भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सुरेशले जाँड रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्