वर्षातको पानीले घर तथा विद्यलयमा क्षति

वर्षातको पानीले घर तथा विद्यलयमा क्षति

ताप्लेजुङ, २१ साउन ।आइतबार राती परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-६ बाझोगरा स्थित २  घरमा वर्षातको पानी पसेर क्षति गरेको छ । वर्षातको पानी घरभित्र पस्दा फुङलिङ नगरपालिका-६ बाँझोगरा बस्ने टेकबहादुर खड्का र ललित सुब्बाको घरको जग बगाएर लगेको छ । पानीले उनीहरुको ढुङा माटोले बनेको घरको जग बगाउँदा अन्दाजी २ लाख रुपैया बराबरको क्षति भएको छ ।

यसैगरी खोटाङ जिल्लाको रुपाकोटमझुवागढी नगरपालिका-१२ स्थित श्री जाल्पा माध्यमिक विधालयको पर्खाल  वर्षातको पानीबाट सोमबार बिहान क्षति गरेको छ । पानीले विद्यलयको ढुङ्गा माटोले बनेको कम्पाउण्ड वाल भत्किंदा अन्दाजी २० लाख रुपैया बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी जाल्पाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्