आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान , पूर्वमा भने भारी वर्षाको सम्भावना

<span class='c1'>आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान</span> <span class='c2'>, पूर्वमा भने भारी वर्षाको सम्भावना</span>

काठमाडौं , २२ साउन। मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाकाे छ ।

 

त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ ।

२४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्