मोरङको सुनबर्षीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ घाइते

<span class='c1'>मोरङको सुनबर्षीमा मोटरसाइकल दुर्घटनामा १</span> <span class='c2'>जनाको मृत्यु, १ घाइते</span>

विराटनगर २२ साउन । मोरङ सुनवर्षी नगरपालिका(६ झपडतल स्थित रंगेली(आमबाडी सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने अर्को १ जना गम्भीर घाइते भएका छन ।
गएराती रंगेलीबाट आमबाडीतर्फ जादै गरेको मे ६ प ६६९४ नम्बर र विपरित दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मे ६ प ६६९४ नम्बरको मोटरसाइकलका चालक मोरङ रतुवामाई नगरपालिका २ बस्ने वर्ष ५५ को जगदिश साहको उपचारका क्रममा सिद्धार्थ अस्पताल रंगेलीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा अर्का मोटरसाइकलका चालक सुनवर्षी नगरपालिका(६ बस्ने वर्ष ४५ को रुपनारायण ताजपुरिया रहेका छन ।

घाइते ताजपुरियाको अहिले न्यूरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने दुबै मोटरसाइकल प्रहरी चौकी झपडतलमा राखिएको एक नम्बर प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्