सोलुखुम्बुमा भीरबाट खसेर १ जनाको मृत्यु

<span class='c1'>सोलुखुम्बुमा भीरबाट खसेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सोलुखम्बु, २२ साउन । सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका(३ स्थित वासा भीरबाट खसेर साउन २१ गते सोमबार सोही स्थान बस्ने वर्ष ५० को गोपाल कार्कीको मृत्यु भएको छ । सोमबार बिहान घाँस काट्न भनि घरबाट हिडेकोमा कार्की घर फर्की नआएपछि आफन्तले खोजी गर्दै जाँदा दिउँसो ४ बजे निजको शव भीरबाट खसेको अवस्थामा भेटिएको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्