सुन तस्करी रोकिएन : ४५७ ग्राम सुनसहित एक जना पक्राउ

<span class='c1'>सुन तस्करी रोकिएन : ४५७</span> <span class='c2'>ग्राम सुनसहित एक जना पक्राउ</span>

काठमाडौँ, रासस । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए । प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा औंठी बरामद गरेको थापाले बताए । उक्त सुनको बजार मूल्य रु २१ लाख ९४ हजार ५७ छ । अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्