पेटसम्बन्धी रोगको उपचार गर्न देउवा सिंगापुर प्रस्थान

पेटसम्बन्धी रोगको उपचार गर्न देउवा सिंगापुर प्रस्थान

काठमाडौं साउन २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचार गराउन भन्दै पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसोे सिंगापुर प्रस्थान गरेका हुन् ।
सभापति देउवाले सिंगापुरमा पेटसम्बन्धी रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । ‘‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जानु भएको हो,’’ स्वकीय सचिव देउवाले भने । उनका अनुसार उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने बारेमा उता पुगेपछि मात्र टुंगो लाग्ने छ ।
साउन ६ गते सिंगापुर जाने भनिए पनि डा. गोविन्द केसीको अनसन र कांग्रेसले गरिरहेको सरकार विरोधी आन्दोलनका कारण देउवाले भ्रमण स्थगित गरेका थिए । सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुने बताइएको छ । यस अघि पनि देउवाले सोही अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्