बेलवारीमा सडक कालोपत्रे गर्न डा.सुनिल शर्माको सहयोग

<span class='c1'>बेलवारीमा सडक कालोपत्रे गर्न</span> <span class='c2'>डा.सुनिल शर्माको सहयोग</span>

बिराटनगर २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् ।
नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण समितिका पदाधिकारीको उपस्थितीमा डा.शर्माले बुधबार सडक निर्माण समितिका अध्यक्ष श्यामकुमार गुरुङलाई एक लाखको चेक हस्तान्तरण गरेका छन् । स्थानीय मिलन चौकबाट कसेनी माध्यमिक बिद्यालय हुँदै सुम्निमा मार्गको सडक कालोपत्रेका क्रममा रकम अभाव भएपछि निर्माण समितिका पदाधिकारी र उपभोक्ताहरु सहयोगका लागि नोबेल अस्पताल आएका थिए । सोहि क्रममा डा.शर्माले सहयोग प्रदान गरेका हुन् ।
गाउँमा सडक कालोपत्रे हुँदा धेरै स्थानीयलाई राहत मिल्ने भएकाले सहयोग गरेको डा.शर्माले बताएका छन् । सडक कालोपत्रेका लागि रकम अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले गरेको सहयोगका कारण धेरै राहत मिलेको निर्माण समितिका अध्यक्ष गुरुङले बताए ।
उपभोक्तासँगको साझेदारीमा करिव १ किलोमिटर सडक कालोपत्रेका लागि बेलवारी नगरपालिकाले २५ लाख बजेट छुट्याएको थियो । तर, बजेट अभाव भएर समस्या भईरहेको अवस्थामा डा.शर्माले सहयोग उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्