मोरङ, साउन २३ गते ।
मोरङ जिल्लाको जहदा गाउँपालिका-१ भुटाहा स्थित पोखरीमा डुबेर बुधबार ३ वर्षीय बालकको मृत्यु भएको छ ।
घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मोरङ जिल्ला जहदा गाउँपालिका-१ भुटाहा बस्ने दिलशन यादवको छोरा राजा यादवको मृत्यु भएको हो ।
दिलशनलाई बुधबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटेका थिए ।
बेहोस अवस्थामा भेटिएका बालकको कोशी अंचल अस्पताल विराटनगरमा उपचार हुँदा हुँदै बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।