गाई–गोरु मारे तीन वर्ष कैद, चोट पुराएमा ५० हजार रुपैयासम्म जरिबाना हुने

गाई–गोरु मारे तीन वर्ष कैद, चोट पुराएमा ५० हजार रुपैयासम्म जरिबाना हुने

काठमाडौं, २४ साउन । गाई गोरु मारेमा तीनबर्ष सम्म कैद हुने भएको छ । आगामी भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले धर्म परिवर्तन सम्बन्धी कसुरमा ५ बर्ष जेल हुने व्यबस्था गरेको हो । अपराध संहिताको दफा २८९ मा गाई गोरु मार्न या कुट्न नहुने उल्लेख छ । कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने उल्लेख छ ।

सोही दफाको उपदफा २ मा गाई वा गोरु मर्न गए मा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन बर्ष सम्म कैद हुने व्यबस्था गरिएको छ । नेपालमा पछिल्लो वर्ष गौहत्याका श्रृङ्खला बढेको भन्दै सरोकारवालो चिन्ता जनाएका थिए ।
कसैले गाई वा गोरुलाई कुटी अंगभंग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुराएमा ५० हजार रुपैया सम्म जरिबाना हुने उपदफा ३ मा उल्लेख छ ।

दफा २९० मा पशुपंक्षी प्रतिनिर्दयी व्यबहार गर्न नहुने व्यबस्था गरिएको छ । ʻकसैले पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ भन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्यकुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाइ वा हानीकारक बस्तु सेवन गराइ वा अन्य प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वाअन्यकुनै किसिमबाट निर्दयी वा क्रुर व्यबहार गर्न हुँदैनʼउपदफा १ मा लेखिएको छ ।

यस्तो कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यबस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्