सिरहामा हतियार देखाएर २५ लाख ६० हजार नगद लुटियो

<span class='c1'>सिरहामा हतियार देखाएर २५ लाख</span> <span class='c2'>६० हजार नगद लुटियो</span>

लहान (रासस) ।  सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् ।

मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए ।

बैंकबाट रकम झिकेर सञ्चालक साह एक्लै मोटरसाइकलबाट आफ्नो मनि ट्रान्सफरतर्फ जाँदै गरेको अवस्था सो घटना भएको प्रहरी नायब उपरीक्षक साहले बताए । लुटेराहरुको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्