उदयपुरमा सर्पदंश केन्द्रमा औषधि अभाव

<span class='c1'>उदयपुरमा सर्पदंश केन्द्रमा</span> <span class='c2'>औषधि अभाव</span>

उदयपुर, साउन २५ गते । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ । दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ ।

“बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भन्नुभयो, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ ।” अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।

कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताउनुभयो । वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ । वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्