सप्तरीको रुपनीमा खानेपानी योजना पुरा हुन सकेन

<span class='c1'>सप्तरीको रुपनीमा खानेपानी योजना</span> <span class='c2'>पुरा हुन सकेन</span>

राजविराज, साउन २५ गते । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन् । उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्