इटहरीमा युवा दिवस मनाउने भब्य तयारी सुरु

इटहरीमा युवा दिवस मनाउने भब्य तयारी सुरु

इटहरी साउन २५ । आगामी अगस्ट १४ तारिकका दिन १९औं अन्तराष्ट्रिय युवा दिवस रहेको छ।उक्त दिवसलाई इटहरीमा भब्य मनाउने तयारी गरिएको छ  ।

इटहरीको किर्तिमानी युवा संघ नेपाल र डाँफे एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा यहि साउन २७ गते आइतबारका दिन विराटनगर लाइनमा रहेको सुष्मा गोदावरी कलेजको सेमिनार हलमा, संस्कृतिक तथा युवा अन्तरक्रिया साथ साथै ‘समृद्घ विकास र स्थायुत्यको लागि युवाको भुमिका’ विषयमा खुल्ला वक्तीत्वकला प्रतियोगिता आयोजना गर्न लागीएको कुरा किर्तिमानी युवा संघ नेपालको अध्यक्ष प्रतिक्षा अधिकारीले जानकारी गराइन् । 

उक्त कार्यक्रममा गिनीज बुक अफ वोल्र्ड रेकर्डमा उल्टो मोटरसाइकल चलाएर नाम लेखाउन सफल रहनु भएका मोटरसाइकल यात्री चित्रकुमार कार्की, नेपालकी कान्छी महिला ह्रयाण्डबल खेलाडी रमिला बस्नेत लगायत अन्य स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहनुहुने कुरा कार्यक्रम संयोजक तथा इटहरी डाँफे एजुकेसन फाउन्डेसनका संचालक दुर्लभ कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्