फेमिली तेलको उद्योगमा प्रशासनको छापा, गोदाममा शिलबन्दी गरी तेल बिक्री गर्न रोक

<span class='c1'>फेमिली तेलको उद्योगमा प्रशासनको छापा, गोदाममा</span> <span class='c2'>शिलबन्दी गरी तेल बिक्री गर्न रोक</span>

वीरगंज २५ साउन । ‘फेमिली’ तोरीको तेल उत्पादन गर्ने बाराको शिवशक्ति रिफाइनरी प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले छापा मारी गोदाममा शिलबन्दी गरेको छ।

फेमिलीको ब्रान्डमा अखाद्य वस्तु मिसाइएको प्रशासनमा उजुरी परेपछि आवश्यक कारबाहीका क्रममा जितपुरमा रहेको उद्योगमा छापा मारेर गोदाम शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले जानकारी दिए।
कार्यालयका अधिकृत मुरारी कार्कीको नेतृत्वको टोलीले तेलको विषयमा छानबिन गरिरहेको उनले बताए। ‘फेमिली तेलको गुणस्तर ठीक नभएको भनी प्रहरी र प्रशासनमा उजुरी परेको छ’, सिडिओ भट्टराईले भने, ‘त्यसैले छानबिन थालिएको हो। तेल नियन्त्रणमा लिएका छौँ। गुणस्तर जाँचको लागि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय हेटौँडामा स्याम्पल पठाइएको छ।’
नमुना परीक्षणको प्रतिवेदन नआएसम्म शिलबन्दी गरिएको उद्योगको गोदाम र थोक बिक्रेतालाई तेल बिक्रीमा प्रशासनले रोक लगाएको छ।
नितनपुर, बारास्थित त्रिवेणी टेक्सटायल्स प्रालिभित्र मजदुरको लागि सञ्चालित क्यान्टिनले खरिद गरेको ४८ कार्टुन फेमिली तोरीको तेलको रङ र बास्ना फरक परेपछि क्यान्टिन सञ्चालकले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी गरेका थिए।
सोही क्रममा आवश्यक छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाराले छापा मारेको हो। वीरगंजको गुणस्तर तथा नापतौल विभागका कर्मचारी सम्मिलित छापा टोलीले उक्त तेलमा अखाद्यय वस्तु मिसाइएको आशंका गर्दै फेमिलीको उक्त ब्याचका उत्पादन नबेच्न निर्देशनसहित उद्योग र थोक बिक्रेताको पसलमा शिलबन्दी गरेको हो। फेमिलीको थोक बिक्रेता हनुमान सप्लायर्स जितपुरमा पनि १६५ कार्टुन तेलमा शिलबन्दी गरिएको छ।
विज माण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्