गुडिरहेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

<span class='c1'>गुडिरहेको ट्याक्टरबाट खसेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

झापा, २५ साउन । झापा जिल्लाको गौरादह नगरपालिका(१ स्थित भित्री सडक खण्डमा शुक्रबार बिहान १० ः ०० बजे ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ ।
मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खस्दा झापा जिल्लाको दमक नगरपालिका(१ बस्ने वर्ष २८ को कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो । गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको सोही अस्पतालमा बिहान १० ः ४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर सहित चालक झापा जिल्ला दमक नगरपालिका(१ बस्ने वर्ष २४ को दर्शन तामाङ इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्