धरानमा घटेन लागूऔषध कारोबार , लागूऔषध सहित २ पक्राउ 

धरानमा घटेन लागूऔषध कारोबार , लागूऔषध सहित २ पक्राउ 

सुनसरी, साउन २६।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१३ र १६ बाट प्रहरीले शुक्रबार दिउँसो १:३० बजे ११७ एम्पुल लागूऔषध टिडिजेसिक र ६६९ पिस बिभिन्न खाले ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपनगरपालिका-१३ स्थित अमरबस्ती बस्ने गोविन्द मगर र धरान उपमहानगरपालिका-१३ घर भई धरान-१६ मा डेरा गरी बस्ने प्रवेश सुनुवार रहेका छन् ।

विशेष सुचनाका आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट, धरानबाट खटिएको टोलीले प्रवेश सुनुवारको कोठाबाट ९३ एम्पुल टिडिजेसिक, ५५२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल, १५० पिस नाइट्रोसन ट्याब्लेट तथा गोविन्द मगरको कोठाबाट २४ एम्पुल टिडिजेसिक ईन्जेक्सन बरामद गरेको हो।

बरामद लागूऔषध सहित दुबै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्